Ad imageAd image

जनउत्थान लघुवित्त तानसेन शाखाद्वारा रक्तदान

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २७ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

पाल्पा, २७ चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था तानसेन शाखाले रक्तदान गरेको छ ।

संस्थाको १३आंै वार्षिकोत्सवको अवसरमा सोमबार तानसेनमा रक्तादान कार्यक्रम गरिएको शाखा प्रमुख गंगा नेपालीले बताउनुभयो ।

युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । संस्थाका कर्मचारी, शेयर सदस्य र स्वतस्फूर्त रुपमा गरी १२ जनाले रक्तदान गरेका उहाँले बताउनुभयो । रगतको अभावले कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको नेपालीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुरत्न शाक्यले रगत अभावले कतिपय बिरामी ज्यान गुमाउनुपर्ने अवस्था छ । यसरी वित्तीय संस्थाले रक्तदान गरेर मानव जीवन रक्षाका लागि गरेको काम अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो ।

अस्पतालका ल्याव सुपरभाइजर सुरेन्द्र प्रसाद पौडेलले लघुवित्तप्रति जनताको वितृष्णा जागरिहेको बेला जनउत्थानले रक्तदान गरेर सेवा ग्राहीको मन जित्ने काम गरेको बताउनुभयो । नाफा मुखि मात्र नभइ सामाजिक काम गर्छन भन्ने कुराको पुष्टि यो कार्यक्रमले गरेको उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

रक्तदान कार्यक्रम तानसेनको सितलपाटीमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्