६ वैशाख ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमणका हिजो साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको हो ।
राष्ट्रपति पौडेलका निजी सचिव चिरञ्जिवी अधिकारीका अनुसार नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा उनको थप स्वास्थ्य परिक्षण तथा उपचार हुनेछ ।
श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतमा उपचार गराउन जान लागेका राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जानेछन ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिए पछि मंगलवार साँझ उनी शिक्षण अस्पताल भर्ना भएका हुन ।
शिक्षण अस्पतालका चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण पाइए पछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्