Ad imageAd image

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा एक महिने चित्रकला प्रदर्शनी सुरु

खबर खुराक
खबर खुराक ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

६ वैशाख ,काठमाडौं । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा एक महिने चित्रकला प्रदर्शनी सुरु हुँदैछ  । आगामी जेठ ५ गतेसम्म भक्तपुरका डिभोटी आर्टिस्ट सर्कल र ख्वपः पौभा च्वमी पुचःले तयार पारेका चित्रकला प्रदर्शनी हुने जनाइएको छ ।

डिभोटीले परम्परागत र आधुनिक शैलीको पेन्टिङ प्रदर्शन गर्नेछ भने स्वपः पौभाले थान्का कलाको प्रदर्शन गर्नेछ ।

डिभोटीका चित्रकार बालकृष्ण वनमालाले आफूहरुको समूहमा ११ जना रहेको र प्रत्येकको कम्तीमा एउटा पेन्टिङ समावेश हुने बताए । ख्वप पौभाले २८ जना कलाकारको थान्का प्रदर्शनीमा राख्नेछ ।

चित्रकला प्रदर्शनीको बुधबार साँझ ५ बजे उद्घाटन हुनेछ । प्रदर्शनी शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्