Ad imageAd image

रुसी लडाकु विमानबाट रुसकै एक शहरमा खस्यो बम

खबर खुराक
खबर खुराक ८ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

८ वैशाख, काठमाडौं । रुसी लडाकु विमानबाट रुसकै एक शहरमा बम खसेको छ । बमबाट धेरै भवनहरुमा क्षति पुगेको र दुई जना महिला घाइते भएको बीबीसीले जनाएको छ ।

युक्रेनको सिमाना नजिकै बियलग्रटमा रुसी लडाकु विमानबाट बम खसेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बियलग्रट शहरबाट युक्रेनको सिमाना २५ माइल टाढा छ । त्यहाँ करिब साढे ३ लाख मानिसको बसोबास रहेको अनुमान छ ।

क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले बम खसेको स्थानमा ६० फिट गहिरो खाडल बनेको बताएका छन् । स्थानीय समय अनुसार राति १०ः१५ बजे भएको यो घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा दुर्घटनाबस यस्तो भएको पत्ता लागेको छ ।

सामाजिक सन्जालमा पोष्ट गरिएको फोटोमा विष्फोटक पदार्थ खस्दा एउटा अपार्टमेन्ट ध्वस्त भएको देखिन्छ । केही कारमा पनि क्षति पुगेको देखिन्छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्