Ad imageAd image

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि हुने

खबर खुराक
खबर खुराक ११ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

११ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।

आयोगको  (आइतबार) बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० वैशाख १० गते आइतबारका दिन चितवन क्षेत्र २ मा उपनिर्वाचन भएको हो ।

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्