Ad imageAd image

चितवन-२ मा मतगणना सुरु

खबर खुराक
खबर खुराक ११ बैशाख २०८०, सोमबार
0 Min Read
Aa

११ वैशाख चितवन । चितवन २ को मतगणना साेमबार दिउँसाे २ बजेबाट सुरु भएको छ। दिउँसो १ बजेबाट हुने भनिएको मत गणना एक घण्टा ढिला सुरु भएको हो।बिहानको बैठकपछि खाना खाएपछि मतगणना सुरु गरिएको हो।

अहिले मत पेटिकाबाट मत पट्याउने मिलाउने र थान बनाउने काम हुँदैछ। केही समयपछि पहिलो चरण गणना भएको परिणा आउने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्