Ad imageAd image

रवि लामिछानेले कटाए ५० हजार मत, मंसिरको भन्दा धेरै मत

खबर खुराक
खबर खुराक १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

१२ वैशाख ,काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा जारी मत गणनामा रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

योसँगै रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब ४१ हजार मतको अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रविले ५० हजार २९ मत पाएका छन् ।

लामिछानेलाई टक्कर दिने मानिएका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याएका छन् ।

- Advertisement -
Ad image

रवि  जीतनारायणभन्दा ४० हजार ८६४ मतको फराकिलो मतान्तरले अगाडि छन् ।

नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्