Ad imageAd image

८० वर्षमा पुनः चुनाव लड्दै बाइडेन

खबर खुराक
खबर खुराक १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् । असी वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुनेछन् ।

राष्ट्रप्रमुखका रूपमा आफूले शपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन राष्ट्रपति बाइडेनले मतदातासमक्ष पुनः अनुरोध गरेका छन् । ह्वाइट हाउसमा पुनः उन पुगेमा कार्यकालको अन्त्यतिर उनको उमेर ८६ वर्ष हुनेछ ।

आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लागेका उनको वासिङ्टन अनुभव उमेरभन्दा महत्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन् । उन जत्तिकै अनुभवी प्रतिस्पर्धी नभएकाले उनको दलले पनि उनको उम्मेदवारीलाई अनुमोदन गर्नेछ ।

बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उनले कठोर सङ्घर्ष गर्नुपर्नेछ ।

- Advertisement -
Ad image

ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अधिकभन्दा अधिक अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्