Ad imageAd image

को बन्ला हिमालय लोकस्टार ?

खबर खुराक
खबर खुराक १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

१३ वैशाख ,काठमाडौं । हिमालय लोकस्टारले आज विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्राण्ड फिनालेमा ६ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । राष्ट्रिय सभागृहमा बेलुका साढे ५ बजेदेखि सुरु हुने फिनालेमा टेलिभिजन कार्यक्रम इन्द्रेणीको समूहले विशेष सांगीतिक प्रस्तुति दिने तयारी छ ।

निर्देशक सिमोस सुनुवारका अनुसार बढी मत प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजयी घोषणा गरिनेछ । दर्शकले आफूलाई मनपर्ने प्रतियोगीलाई बेलुकासम्म नै भोट गर्न सक्ने जनाइएको छ । उपाधिका लागि बलराम विश्वकर्मा, सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्ती मगर र पीएन साइँलाले प्रतिस्पर्धा गर्दैछन् ।

मंगलबार प्रसारण भएको एपिसोडमा यी ६ जना फाइनलिस्टले आकर्षक प्रस्तुति दिएर दर्शकलाई भोट मागेका थिए । ग्राण्ड फिनाले लाइभ कन्सर्ट-२०८० नाम दिइएको उक्त फिनालेमा दर्शकले टिकट किनेर सहभागी हुन सक्नेछन् । साथै, महाजज कुमार बस्नेत, जजहरु राजु परियार, कुलेन्द्र विश्वकर्मा र रामजी खाँणले पनि प्रस्तुति दिने जनाइएको छ ।

हिमालय लोकस्टार प्रत्येक साता मंगलबार र बुधबार राति ८ बजे हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्