Ad imageAd image

युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

खबर खुराक
खबर खुराक १३ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

१३ वैशाख ,काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा युएईले बहराइनलाई आठ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

जितसँगै समूहमा चार खेलबाट ६ अंक बनाएको युएई शीर्षस्थानमा रह्यो। अब पाँच अंक बनाएको हङकङ र चार अंक बनाएको कुवेतबीचको विजेताले यस समहबाट सेमिफाइनलमा स्थान बनाउनेछ ।

यी दुई टोलीको खेल बिहीबार हुनेछ । तीन अंक बनाएको बहराइन र अंकविहिन सिंगापुर प्रतियोगिताबाट बाहिरिएको छ ।

- Advertisement -
Ad image

पहिले ब्याटिङ गरेको बहराइनले ४०.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो । बहराइनका लागि कप्तान हैदर बट र अली दाउदले सर्वाधिक २३/२३ रन बनाउनुभयो ।

ओपनर मुहमद युनिसले १६, इमरान अनवारले १४ र वासिक अहमेदले १२ रन जोड्नुभयो । बहराइनलाई सस्तैमा समेट्न बलिङमा युएईका आयन खानले चार विकेट लिनुभयो । रोहन मुस्ताफा र कार्तिक मेइयाप्पनले दुई दुई तथा जाहोर खानले एक विकेट झार्नुभयो ।

एक सय १७ रनको विजय लक्ष्य युएईले २७.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । युएईका वृत्य अरविन्दले अविजित ६२ रन र रोहन मुस्ताफाले नटआउट अविजित ५० रन बनाउनुभयो ।

समूह ‘बी’ को विजेताले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता र समूहको उपविजेताले समूह ‘ए’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ बाट सेमिफाइनलमा पुगिसकेको नेपालले बिहीबार साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा नेपालले साउदीलाई हराएरमा समूह विजेता बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्