Ad imageAd image

धुँवा फाल्ने १५ ओटा सवारी साधनका चालक कारबाहीमा

खबर खुराक
खबर खुराक १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

१३ वैशाख ,काठमाडौं । काठमाडौंको बबरमहलबाट मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ ओटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बढी धुँवा फाल्ने भाडाका सात वटा बस, पाँच वटा माइक्रोबस, दुई वटा पिकअप भ्यान र एक ट्रक गरी १५ वटा सवारी साधनका चालक कारबाहीमा परेको जनाएको छ।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार बबरमहलमा २५ वटा सवारी साधनमा चेकजाँज गरेको थियो।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले मापदण्ड भन्दा बढी धुँवा फाल्ने सवारी साधनले वायु प्रदूषण बढ्ने र मानव स्वास्थ्यमासमेत गम्भीर समस्या हुँदा दुर्घटनाको जोखिम समेत बढ्ने बताउनुभयो।

- Advertisement -
Ad image

उहाँले सबै सवारी साधनको अवस्था चेकजाँच गर्न अनुरोध पनि गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्