Ad imageAd image

दोभानको तिनाउ नदिमा डुबेर रुपन्देहीका एक युवा वेपत्ता

खबर खुराक
खबर खुराक १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

१३ वैशाख ,बुटवल । पाल्पाको तिनाउ-३ दोभानमा रुपन्देहीका एक युवा पानीमा डुबेर वेपत्ता भएका छन् । बुधबार दिउँसो  ड्यामसाईड स्थित तिनाउ खोलामा डुबेर सिद्धार्थनगर नगरपालिका-८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पौडि खेल्ने क्रममा डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको टोलीले खोजी कार्य  गरेपनि फेला नपारेको प्रहरीले जनाएको छ । वेपत्ता युवाको खोजीकार्य तथा घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्