Ad imageAd image

छुटेका बालबालिकालाई नियमित खोप लगाउन आग्रह

खबर खुराक
खबर खुराक १५ बैशाख २०८०, शुक्रबार
4 Min Read
Aa

१५ वैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्ने भएको छ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पाँच वर्ष मुनिका नियमित खोप लगाउन छुटेका बालबालिका लागि लक्षित गरेर ‘बृहत् खोज र खोप अभियान’ सुरु गरेको  जानकारी दिनुभयो।

पूर्ण खोप लिएर सबै सुरक्षित नहुँदासम्म कोही बालबालिका सुरक्षित नहुने हुँदा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पूर्ण खोप लगाउन डा. गौतलमको सुझाव छ।

डा. गौतमका अनुसार अभियान वैशाख १५ र ३१ गते दुई दिन देशभरका सरकारी स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदैछ।

- Advertisement -
Ad image

 डा. गौतमले कुनै पनि नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई सोही समयमा नजिकको स्वास्थ्य संस्थामा गएरखोप लगाउन आग्रह गर्नुभयो।

त्यसै, छिमेकका कोही बच्चा खोप लगाउन छुटेको भए बुझेर खोप लगाउन समन्यन गरिदिनुहुन उहाँकाे अनुरोध छ।

 सरकारले जन्मेदेखि १५ महिनासम्म सात पटक गरेर १३ प्रकारका संक्रमक रोगविरुद्धको राष्ट्रिय खोप तालिका बनाएर नियमित खोप दिँदै आएको छ। खोप सेवा सरकारी संस्थाहरु, खोप संस्था, खोप केन्द्र र सूचीकृत  निजी  स्वास्थ्य संस्थाहरमा निःशुल्क पाइन्छ।

खोप लगाउँदा हुने फाइदा

बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले खोप सुरक्षित भएकाले ढुक्काले आफ्ना बच्चालाई खोप लगाउन सुझाव दिनुभयाे ।

सरकारले उपलब्ध गराएको नियमित खोप पूर्ण मात्र लगाउँदा खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सक बताउँछन्।

संक्रामक रोग प्रकोपमा रुपमा देखिने सम्भावना कम गर्छ। संक्रामण रोगबाट हुने जोखिम कम गर्नुका साथै पोलियोबाट हुने अपाङ्गताबाट जोगाउने छ । खोपले बाल मृत्यु दरको मृत्युको जोखिम पनि कम गर्ने छ।

कुन खोप के रोगबाट बचाउँछ ? 

जन्मने बित्तिकै लगाउने खोप 

बाल रोगविशेषज्ञ डा. सुवेदीका अनुसार जन्मिने बित्तिकैदेखि एक वर्ष भित्रमा दिइने बिसीजी विरुद्धको खोपले क्षयरोग हुनबाट बचाउँछ। यो खोप एक पटक छालाभित्र दिइने गरिन्छ।

छ हप्ता लगाउने खोप 

बच्चा जन्मिएको छ हप्तामा रोटा, पोलियो, पि सि भी, डि पि टी, हेप बी हिब विरुद्धको खोप दिइन्छ। उक्त खोपले रोटा भाइरसबाट हुन झाडा पखाला,पोलियो निमोनिया, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी हेमोफिलस इन्फुलुएन्जा बी बाट बचाउने डा. सुवेदी बताउनुहुन्छ।

१० हप्तामा लगाउने खोप 

त्यसैगरी, बच्चा जन्मिएको १० हप्तामा रोटा, पोलियो, पि सि भी, डि पि टी, हेप बी हिब विरुद्धको खोप दिइने गरिन्छ । डा. सुवेदीका अनुसार उक्त खोपले  रोटा भाइरसबाट हुने झाडा पखाला, पोलियो, निमोनिया, भ्यागुते लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी हेमोफिलस इनफुलुएन्जा बीबाट बचाउँछ।

१४ हप्तामा लगाउने खोप

१४ हप्तामा पोलियो, एफ आई पि भी, डि पि टी, हेप बी हिबविरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फुलुएन्जा बी बाट बचाउँछ।

 नौ महिनामा लगाइने खोप

जन्मिएको नौ महिनामा एफ आई पि भी, पि सि भी, दादुरा–रुबेला विरुद्धको खोप लगाइन्छ। उक्त खोप निमोनिया, दादुरा र रुबेलारोगबाट बचाउँछ।

१२ महिनामा लगाइने खोप

१२ महिनामा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले जापानिज इन्सेफलाइटिस बचाउँछ।

१५ महिनामा लगाइने खोप

 १५ महिनामा दादुरा–रुबेला टाइफाइडविरुद्धको खोप दिने गरिन्छ। उक्त खोपले दादुरा र रुबेलाबाट बचाउने सुवेदीको भनाइ छ।

  पहिले टिडि खोप नलगाएको गर्भवतीले टिटानस र डिप्थेरियाविरुद्धको कम्तीमा एक महिनाको अन्तरमा दुई पटक टि डिविरुद्धको खोप लगाउन चिकित्सकको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्