Ad imageAd image

योगेन्द्र ढुंगेलविरुद्व १५ लाख रुपियाँ घुस लिएको आरोप

खबर खुराक
खबर खुराक १५ बैशाख २०८०, शुक्रबार
0 Min Read
Aa

१४ वैशाख ,काठमाडौं । खाद्य प्रविधि तथा गुण  नियन्त्रण विभाग, बबरमहलका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्व १५ लाख रुपियाँ घुस लिएको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ढुंगेलले सेवाग्राहीसँग अनुज्ञापत्र दिने प्रयोजनका लागि सो रकम लिएको जनाइएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम शुक्रबार जरिवाना हुने मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्