Ad imageAd image

‘प्रसाद २’ को क्रान्ति गित

खबर खुराक
खबर खुराक १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

१७ वैशाख ,काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘प्रसाद २’ । फिल्म रिलिज भएको तेस्रो दिन अर्थात आइतबार निर्माण युनिटले ‘क्रान्ति’ बोलको गीत सार्वजनिक गरेको छ ।

राजनीतिक गतिविधि देखाइएको गीतमा फिल्मका मुख्य कलाकार विपिन, केकी, अर्पण लगायतको अभिनय छ । गीतले विद्रोहको कुरा गर्छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी छ ।

सुभा थापाको प्रस्तुतिमा तयार भएको फिल्मको यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

सुशिल पौडेलले कथा रहेको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन बस्नेतको लगानीमा तयार भएको फिल्म ‘प्रसाद’को सिक्वेलको रूपमा निर्माण भएको हो । फिल्मले जातीय विभेदमाथिको राजनीति कथाको रूपमा उठाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्