Ad imageAd image

झापाको दमकमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु

खबर खुराक
खबर खुराक १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

१७ वैशाख ,झापा । झापाको दमकमा सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । दमक नगरपालिका वडा ९ स्थित बरगाछीमा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

शनिवार राति १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प ४२५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदैगरेको प्र–१–०२–०४३ प ८५२३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक उर्लाबारी नगरपालिका –३ का ३० वर्षीय विवेक धिमालको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनुभएका स्कुटर चालक ३४ वर्षीय सोबित तामाङको उपचार भइरहेको र खतरामुक्त रहनुभएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्