Ad imageAd image

पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थाल्यो

खबर खुराक
खबर खुराक १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

१७ वैशाख, बुटवल । संखुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ।

आइतबार बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो। पहिराले थुनिएको अरुण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो। अरुण नदी थुनिएको आठ घण्टापछि  ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो।

उपरीक्षक गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो। अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो।

बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ। टनेलको पानी निस्काशन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो।

- Advertisement -
Ad image

अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो। आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ। अरुण थुनिएपछि अरुण तेस्रोमा ड्याम साइडको काम पनि ठप्प भएको छ। अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ।

प्रतिक्रिया दिनुहोस्