Ad imageAd image

कालिगण्की नदिमा पौडी खेल्ने क्रममा एक जना युवा बेपत्ता

खबर खुराक
खबर खुराक १८ बैशाख २०८०, सोमबार
1 Min Read
Aa
साङकेतिक

१८ वैशाख ,पाल्पा । पौडी खेल्ने क्रममा एक जना युवा बेपत्ता भएका छन् । जिल्लाको रामपुर–४, कोप्चेघाँटस्थित कालीगण्डकी नदी पौडी खेल्ने क्रममा भारत घरभई हाल रामपुर–५, बेझाडस्थित एडइक्ट ट्याटु हाउसमा काम गर्ने २१ वर्षका अभिषेक राउत बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँशो पौने चार बजेतिर राउत पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बेपत्ता हुने पुरुषको खोजी कार्य भइरहेको पाल्पाका प्रहरी उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्