Ad imageAd image

काफलकाे रूखबाट लडेर एक युवककाे मृत्यु

खबर खुराक
खबर खुराक १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

१९ वैशाख ,पाल्पा । पाल्पामा एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । काफलको दाना टिप्न रुखमा चढेका रैनादेवी छहरा–३, भुवनपाेखरी छचुवा बस्ने १८ वर्षका सुर्य कुमालको मृत्यु भएको हो ।

साेमबार दिउँशो काफलको रुखमा चढ्नुभएका कुमाल एक्कासी रुखबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।

घाइते कुमाललाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएपनि कुमाललाई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्