Ad imageAd image

एकैदिन १ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

खबर खुराक
खबर खुराक २० बैशाख २०८०, बुधबार
1 Min Read
Aa

२० वैशाख ,काठमाडौं । सुनको मूल्य बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्