२१ वैशाख ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज तोलाको हालसम्मकै उच्च एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गएको चैत २२ गते सुन तोलाको एक लाख ११ बजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुनको मूल्य तोलाको एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्