Ad imageAd image

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आठ वर्षमा २२० गैँडा मरे

खबर खुराक
खबर खुराक २१ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

२१ वैशाख ,चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आठ वर्षमा २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन्।

निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका हुन्।  यस्तै १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर ५१ गैँडा मरेका छन्। यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा मरेको उनले जानकारी दिए।

तिवारीका अनुसार आठ वर्षमा १०० भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५/७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ। यो आवमा ४३ गैँडा मरेका थिए। सबैभन्दा कम  आव २०७२/७३ मा १४ गैँडा मरेका थिए।

- Advertisement -
Ad image

तिवारीका अनुसार आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६, आव २०७६/७७ मा २६, आव २०७७/७८ मा ३३ र आव २०७८/७९ मा ३७ गैँडा मरेका छन्। चालू आवको हालसम्म १६ गैँडा मृत अवस्थामा भेटिएको उनले जानकारी दिए।

निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३२३ गैँडा मरेका छन्। निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको संख्या धेरै रहेको तिवारीले बताए।

 

प्रतिक्रिया दिनुहोस्