Ad imageAd image

कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु

खबर खुराक
खबर खुराक २४ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

२४ वैशाख, काठमाडौं । कंगोमा बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको छ ।

कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षा भएको थियो । सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पुर्‍याएको छ ।

कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको त्यहाँका प्रशासक थोमस बाकेङ्गालाई उद्धृत गर्दै सीबीएस न्यूजले जनाएको छ ।

रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् । कंगोका डाक्टर एवम् नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् ।

- Advertisement -
Ad image

दुई दिन अगाडि कंगोको छिमेकी देश रुवान्डामा पनि बाढी पहिरोबाट १०३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्