Ad imageAd image

थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान

खबर खुराक
खबर खुराक २५ बैशाख २०८०, सोमबार
0 Min Read
Aa

२५ वैशाख, काठमाडौं । थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाईहरूले तोकिएका मतदान केन्द्रहरूमा चाँडै मतदान गरेका छन् ।

आइतबारको मतदान ७० प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको  निर्वाचन आयोगका महासचिव सावेङ बुनमीले बताएका छन् । दुई मतपत्र प्रणालीअन्तर्गत संसदीय निर्वाचनले प्रतिनिधिसभाका लागि पाँच सय सदस्य निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्