Ad imageAd image

जनउत्थान लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २५ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

पाल्पा, २५ बैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सोमबार हार्थोकमा सम्पन्न भएको छ ।

जिल्लाको हार्थोक शाखामा आवद्ध समूह सदस्यका लागि वित्तीय साक्षरता तथा गुनासो सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रीय कार्यालयका मानव संसाधन, सामान्य प्रशासन तथा सम्पत्ति व्यवस्थापनका विभागीय प्रमुख इन्द्र बरालीले संस्थाले दिंदै आएको सेवा पारदर्शी तथा सदस्यको हितमा रहेको बताउनुभयो । उहाँले सबै सदस्यलाई निर्धक्क भएर कारोबार गर्न समेत आग्रह गर्नुभयो ।

कार्यालयका आन्तरिक लेखा परीक्षण, अनुगमन तथा मुल्यांकन विभागका विभागीय प्रमुख वसन्त पचभैयाले वित्तीय साक्षरता अन्तर्गत विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले परिवारलाई आर्थिक रुपमा शसक्तिकरण गराउनका लागि पारिवारिक बजेटअनुसार आम्दानी र खर्चको लेखाजोखा अनिवार्य रहेको बताउनुभयो ।

- Advertisement -
Ad image

यसैबीच कार्यक्रममा विद्युतीय चुलो प्रदर्सनी गरिएको थियो ।

सम्झना बैंकिङ समुदायकी उपप्रमुख विष्णुमाया बोहोराले लघुवित्तका विषयमा पछिल्लो समयमा उठेका नकारात्मक टिप्पणी तथा हल्लाको पछाडि नलागेर आफ्नो वित्तीय कारोबारलाई निरन्तरता दिइ व्यवसाय बढाउन सम्पुर्ण सेवाग्राहीलाई अनुरोध गर्नुभयो ।

समूह सदस्य शिवकुमारी कार्की, सरिता मगर, सरिता सार्की र मेनुका श्रीनेत लगायतले बोल्नु भएको थियो ।

आन्तरिक लेखा परिक्षण, अनुगमन तथा मुल्यांकन विभागका विभागीय प्रमुख वसन्त पचभैयाले स्वागत गर्नुभएको कार्यक्रममा हार्थोक शाखा प्रमुख सपना सुनामले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्