२८ वैशाख, घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको जनजागृति माध्यमिक विद्यालय लमडरुवाका विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ३ सय छात्राहरुलाई पुनः प्रयोग गर्न मिल्ने सनेटरी प्याड वितरण गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विद्यालयमा एक कार्यक्रमको आयोजना गरि छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । केन्द्रका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेको सामाजिक कार्यहरुको बारेमा जानकार भएको भन्दै विद्यालयलाई सम्झीएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरीले संस्थाले महिलाहरुको सामाजिक एवं आर्थिक सशक्तीकरण र बालबालिकाहरुको शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बताउदै छात्राहरुलाई मनहिनावारीको समयमा हुने समस्या समाधानकालागी अभियान कै रुपमा निशुल्क सेनेटरी प्याड वितरण गरिरहेको बताउनुुभयो ।
सेनेटरी प्याड पाएसँगै छात्रा अञ्जली रसाईलीले आफूहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड पाएकोमा खुसी व्यक्त गर्दै यसले आफूहरुलाई महिनावारी भएको समयमा सहज हुने बताउनुभयो । अर्का छात्रा श्रृष्टी वलीले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई निशुल्क रुपमा प्याड सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदै आफूहरुलाई सहज हुने बताउनुभएको छ ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के.शीतलले संस्थागत जानकारी दिनुभएको थियो भने प्याड प्रयोगबारे संस्थाका मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराउनुभएको हो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक बुद्धिराम शर्माले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्