२९ वैशाख, दाङ । दाङको घोराहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका ३ निवासी २१ बर्षीय चन्द्र बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।
उहाका अनुसार बिहिबार साझ घोराही उपमहानगरपालिका १४ स्थित आर्मी ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका नेपालीलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा साझ पौने ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्