Ad imageAd image

बसको झ्यालबाट टाउको निकालेका एक जना यात्रुको पिकअपको ठक्करबाट मुत्यु

खबर खुराक
खबर खुराक २९ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

२९ वैशाख,काठमाडौं । बसको झ्यालबाट टाउको निकालेका एक जना यात्रुको पिकअपको ठक्करबाट मुत्यु भएको छ । मुत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका –२ भेडियाही बस्ने ५२ बर्षीय नागेन्द्र महतो नुनिया रहेको जिल्ला ट्राफिक कार्यालय निजगढले जनाएको छ ।

बिरगञ्जबाट काठमाडौतर्फ जाँदैगरेको ना ६ ख ९३६१ नम्बरको बसमा सवार नुनियाले झ्यालबाट टाउको निकालेको समयमा आज बिहान ६ः४५ बजे जितपुर–सिमरा –२३ भलुहीनजिक बिपरित दिशाबाट आएको प्र २–०३–००१ च २४५२ नम्बरको पिकअप गाडीले टाउकोमा छुँदा गम्भीर घाइते हुनुभएका नुनियालार्इ उपचारका लागि बिरगञ्ज लैजानेक्रममा बाटोमा मुत्यु भएको प्रहरी निरीक्षक योगेन्द्र राइले जानकारी दिनुभयो ।

दुबै सवारी तथा बसचालक इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पिकअप चालक भने फरार रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्