Ad imageAd image

मकवानपुरमा छोटो लुगा लगाएको भन्दै कुरा काटेपछि छिमेकीमाथि निर्घात कुटपिट

खबर खुराक
खबर खुराक १ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

१ जेठ, मकवानपुर । मकवानपुरका थाहा नगरपालिकाकी एक युवतीले छिमेकीलाई निर्घात कुटपिट गरेकी छिन् । छोटो लुगा लगाएर हिँडेको विषयमा कुरा काटेको भन्दै युवतीले छिमेकको अर्की युवती कुटपिट गरेकी हुन् ।

थाहा नगरपालिका-१२ तल्लो वसन्त बस्ने २७ वर्षीया सुशीला स्याङ्तानको कुटपिटबाट गम्भीर घाइते भएकी ३० वर्षीया विनिता मोक्तानलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।

छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अरुसँग गरेको भन्दै सुशीलाले घरमै पुगेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । कुटपिट गर्ने शुसिलालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्