Ad imageAd image

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

खबर खुराक
खबर खुराक १ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

१ जेठ,बुटवल । आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा रु ७२ करोड ४९ लाख ६९ हजार नौ सय ८० बराबरको कारोबार भएको छ ।

आज विकास बैङ्क, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको उपसूचक बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क समूह १० दशमलव ५५, वित्त समूह एक दशमलव ११, उत्पादन तथा प्रशोधन समूह २२ दशमलव ७० र लघुवित्त समूह १० दशमलव ८० अङ्कले बढेको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ५१ दशमलव ७७ र होटल तथा पर्यटन समूहको उपसूचक १६ दशमलव ६४ अङ्कले घटेको छ । बैङ्किङ समूह तीन दशमलव ७०, जलविद्युत् समूह पाँच दशमलव ३४, लगानी समूह शून्य दशमलव ०६, जीवन बीमा समूह आठ दशमलव ४७, म्युचुअल फन्ड शून्य दशमलव ०५, व्यापार समूह छ दशमलव ९४ र अन्य समूह सात दशमलव ४५ अङ्कले घटेको छ ।

- Advertisement -
Ad image

नेपाल इन्भेस्टमेन्ट बैङ्क ग्रोथ फन्डको शेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ भने सबैभन्दा धेरै घट्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा छ दशमलव ४५ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैङ्क लिमिटेडको रु तीन करोड चार लाख ६७ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैङ्क लिमिटेडको एक लाख ३९ हजार छ सय ३० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्