Ad imageAd image

पोखरीमा डुबेर एक बालकको मृत्यु

खबर खुराक
खबर खुराक २ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

२ जेठ,बर्दिबास  पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोनमा ७ जानकीनगरका ५ वर्षीय आसिक सदाको सोमवार साँझ घरछेउकै पोखरीमा डुबेर मृत्यु भएको हो ।

घरका परिवार मजदुरीका लागि बाहिर गएको बेला खेल्ने क्रममा पोखरीमा डुबेको अनुमान गरिएको छ । स्थानीयले पोखरीको पानीमा बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दिलीप गिरीले स्थानीय प्रहरीले घट्नाको अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।

घटना स्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्