२ जेठ, विराटनगर। विराटनगरको मुख्य बजारमा रहेको सेन्ट्रल मलबाट खसेर एक युवकको मृत्यु भएको छ । मलको तेस्रो तल्लाबाट खसेका विराटनगर महानगरपालिका –५ कोचाखालका २३ वर्षीय मुकुन्द काफ्लेको मृत्यु भएको छ ।
प्रहरीका अनुसार वैशाख ३१ गते साँझ काफ्लेले सेन्ट्रल मलको तीन तल्ला माथिबाट झरेका थिए । माथिबाट झरेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस्