Ad imageAd image

अवदेखि पाल्पाबाटै लाइसेन्सको नविकरण हुने

खबर खुराक
खबर खुराक ४ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

४ जेठ, पाल्पा । अवदेखि पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ४ गतेदेखि सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरु गरेको जनाएको छ । कार्यालयले सूचना जारी गरी सेवा सुरु भएको जनाएको हो ।
तानसेन ७ बर्तुङमा रहेको सेवा कार्यालयमा नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्