Ad imageAd image

सल्यानको कपुरकोटमा बिद्युत सर्ट भएर घरमा आगलागी,लाखौंको क्षति

खबर खुराक
खबर खुराक ७ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

७ जेठ,सल्यान ।   सल्यानको कपुरकोटमा बिद्युत सर्ट भएर घरमा आगलागी भएको छ । आइतबार दिउँसो १२स्३० बजेतिरको समयमा कपुरकोट गाउँपालिका(३ फलाटे स्थित काले विकको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
फुसले छाएको एकतले कच्ची घरमा बिद्युत सर्ट भएर आगलागी भएको तर मानवीय र पशु चौपायामा क्षती नभएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठ जलेर नष्ट भएको छ । प्रहरिले क्षेतिको विवरण संकलन भैरहेको जनएपनी स्थानियले पाँच लाख बढिको क्षती भएको बताएका छन् । स्थानिय र प्रहरिले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्