Ad imageAd image

शिक्षक सरूवाको विषयमा विवाद, १० सेल अश्रुग्यास प्रहार

खबर खुराक
खबर खुराक ८ जेष्ठ २०८०, सोमबार
0 Min Read
Aa

८ जेठ, सप्तरी । सप्तरीको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सुवर्ण-४, हर्दियामा शिक्षक सरुवाकाे विषयमा विद्यार्थी आन्दोलित हुँदा १० सेल अश्रुग्यास प्रहार भएकाे छ ।

विज्ञान र अंग्रेजी पढाउने शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानै पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे हाे ।आक्राेशित समूहले ताेडफाेड,आगजनीसँगै १० वटा माेटरसाइकल ताेडफाेड गरेका छन् । स्थिति  अझै तनाव ग्रस्त रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्