Ad imageAd image

काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

खबर खुराक
खबर खुराक ९ जेष्ठ २०८०, मंगलवार
0 Min Read
Aa

९ जेठ, काठमाडौं ।  काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५–१० ले जीत हासिल गरेको नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–८ र २५–९ ले जित्यो । प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्