Ad imageAd image

त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने

खबर खुराक
खबर खुराक १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

१० जेठ, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुनेगरी वर्षे बिदा दिने निर्णय गरेको हो ।

वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यो वर्षको वर्षे बिदा आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सकिने जनाएको हो ।

परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्