११ जेठ, काठमाडौं । आकाश माडवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु मा प्रवेश गरेको छ ।
बुधबार चेन्नाइमा भएको खेलमा मुम्बइले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ आकाशको घातक बिङपछि १६.३ ओभरमै १०१ रनमा अलआउट भयो ।
आकाश माडवालले ३.३ ओभरमा पाँच रन मात्र खर्चेर पाँच विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाले समान एक विकेट लिए । लखनउका लागि मार्कुस स्टोइनिसले २७ बलमा सर्वाधिक ४० रन बनाउँदा कायल मेयर्सले १८ र दिपक हुडाले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । मुम्बइका लागि क्यामरुन ग्रीनले २३ बलमा सर्वाधिक ४१ रन बनाए । सूर्यकुमार यादवले २० बलमा ३३ रन जोड्दा तिलक बर्माले २२ बलमा २६ रन बनाए ।
प्रतिक्रिया दिनुहोस्