Ad imageAd image

दाङमा जीपले स्कुरटलाई ठक्करदिदाँ एक शिक्षिकाको मृत्यु

खबर खुराक
खबर खुराक ११ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

११ जेठ, दाङ । दाङमा जीपले स्कुरटलाई ठक्करबाट एक शिक्षिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ बर्षिय सीता लम्साल रहेकी छन्।

बिहिबार बिहान करिब १० बजे दंगिशरण गाउँपालिका-५ कमलगढीमा रा १ ज ९२३ नम्बरको जीपले रा ७ प ४२३७ नम्बरको स्कुटरमा सवार लम्सलालाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी लम्सालको थप उपचारका लागि नेपालगञ्ज लैजानेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

- Advertisement -
Ad image

मृतक लम्साले मावि तुलसीपुर धनौरी शान्तिनगरमा अध्यापन गराउँदै आएकी थिइन् । बिहिबार बिहान विद्यालयमा पढाउँने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्