Ad imageAd image

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

खबर खुराक
खबर खुराक ११ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

११ जेठ, प्युठान ।  जिल्लाको गौमुखी गाउँपालिका –५ खुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  बुधबार राति दुर्घटनामा परि घाइते भएका ट्याक्टर चालक २२ वर्षीय सुमन हमालको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सालीबिसौनाबाट ठूलाबेसीतर्फ जाँदैगरेको लु ४ त १२२५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना परेको थियो । ट्याक्टर सडकदेखि २० मिटर तल खसेको छ । दुर्घटनामा गौमुखी गाउँपालिका –५ ठूलाबेसीका सहचालक सुरज मल्ल घाइते हुनुभएको छ । मल्लको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्