१२ जेठ, २०८० ।जंगली च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन् । बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० वर्षीया मीनमाया तामाङ गुरुङ र ३२ वर्षीय छोरा थमन गुरुङ बिरामी भएका हुन् ।
उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचार गरिएको थियो । तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्