Ad imageAd image

सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गरे गरारएमा दफा १७ बमोजिम कडा कारबाही  

खबर खुराक डेक्स
खबर खुराक डेक्स १३ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

 

१३जेठ,२०८०।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीवार एक सूचना जारी गरी सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन ५ बुँदे निर्देशन दिएको हो । जारी सूचनामा ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने’ कानूनी व्यवस्थाअनुसार सो निर्देशन दिइएको उल्लेख छ ।

पार्क,सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रङ्गशाला, धार्मिक स्थल, प्रतीक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने, नगराउने ।
–स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण नगर्ने, नगराउने ।
–अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ वितरण नगर्ने, नगराउने ।

- Advertisement -
Ad image


–सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गरी गराई यस सूचनाको पालना नगरेमा उक्त ऐनको दफा १७ बमोजिम कडा कारबाही गरिने  ।
–सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने, नगराउने कार्यमा सुरक्षाकर्मी, सामुदायिक संस्था तथा आम नागरिकबाट आवश्यक जागरूकता, सचेतना र सहकार्य गरिने ।

प्रतिक्रिया दिनुहोस्