Ad imageAd image

बेबी कफ सिरप (खोकीको झोल औषधि ) उल्लेख्य मात्रामा विषाक्त रहेको पुष्टि ,विशेषज्ञ भन्छन् : जथाभावी औषधि सेवन नगरौं

खबर खुराक
खबर खुराक १३ जेष्ठ २०८०, शनिबार
2 Min Read
Aa

१३ जेठ,२०८० ।

गत वर्ष भारतको औषधि नियामकले मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । उक्त कम्पनीको कफ सिरप उज्वेकिस्तानमा १९ र दगाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताइएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि बालबालिकाको मृत्युमा चारवटा भारतीय-निर्मित कफ सिरप जोडिएको भन्दै चेतावनी समेत दिएको थियो । केही नमूनाको प्रयोगशाला विश्लेषणले उल्लेख्य मात्रामा विषाक्त पदार्थ रहेको पुष्टि गरेको थियो ।भारत सरकारले खोकीको झोल औषधि (कफ सिरप) निर्यात गर्नुपूर्व नमूना परीक्षण अनिवार्य गरेको छ। भारतीय कम्पनीद्वारा उत्पादित केही कफ सिरप गाम्बिया र उज्वेकिस्तानमा मृत्युसँग जोडिएपछि नियम परिवर्तन भएको हो ।

अब जून १ देखि कफ सिरप उत्पादक कम्पनीले सरकारद्वारा स्वीकृत प्रयोगशालाबाट अनिवार्य रूपमा प्रमाणपत्र लिनुपर्ने हुन्छ । देशभरका केन्द्र र राज्य सरकारी प्रयोगशालाहरूको सूची पनि उल्लेख अनुसार नमूना परीक्षण गरेर निर्यात गर्नुपर्ने हुन्छ । अहिले नेपालमा प्रयोग भएका अधिकांश कफ सिरप स्वदेशमै उत्पादन भएका हुन् । नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमा करिब ३५ वटा कम्पनीले कफ सिरप उत्पादन गर्छन् ।

- Advertisement -
Ad image

विदेशबाट १५-१६ कम्पनीको औषधि आयात हुन्छ । तर समस्या देखिएको भारतीय कफ सिरप नेपालमा दर्ता नै नभएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन् । कफ सिरपमा एलर्जीको दबाई पनि मिसाइएको हुन्छ। त्यसले बच्चाको खोकी निको होला तर, खकार बाहिर ल्याउनुको साटो भित्रै श्वासनलीमै सुकाउने काम गर्छ  । कफ (खकार) बाहिर ननिस्किएपछि विकार शरीरमै रहने हुँदा त्यसका कीटाणुहरूले बालबालिकालाई निमोनिया हुने खतरा पनि हुन्छ।

जथाभावी कफ सिरपको सेवनले अत्यधिक निद्रा लाग्ने, खाना अरुचि हुने, मुटुको धड्कन बढाउने, दिमागमा असर पार्ने लगायत समस्या देखिने हुन्छ। रुघाखोकी लागेको अवस्थामा कफ सिरपको साटो मनतातो पानीमा मह वा अदुवा, बेसार, तुलसीको पात उमालेर खुवाउनु उचित हुने उनको सल्लाह छ।

प्रतिक्रिया दिनुहोस्