१४ जेठ,२०८० ।
सुन्दरी प्रतियोगितामा मिस नेपालमा भन्छिन् एकदमै भावुक भएको छु म चाहिँ । आमा, बुवा र परिवारको साथ पाएरै म यहाँ छु । आजको दिनमा म मेरो हजुरबुवा र हजुरआमालाई सम्झन चाहन्छु । ममीको लिगेसीभन्दा पनि मेरो इच्छा र आत्मबलले हो । आत्मबल बिना इच्छा पुरा हुँदैन । मिस इन्टरनेसनलको रुपमा ममीको लिगेसीलाई कन्टिन्यू गर्न पाउँदा खुशि छु ।
मेरो इच्छाशक्ति, दृढता र पोजिसनले यहाँसम्म आएँ । मलाई सहयोग गर्ने सबैलाई धेरै धन्यवाद दिन चाहन्छु । म आफै पाइलट हुँ । पाइलट पर्यटन क्षेत्रभित्र पर्छ । नेपालको जैविक विविधतालाई विश्वभर चिनाउन धेरै कुरा छ । सगरमाथा मात्र हैन, हाम्रो देशमा धेरै प्राकृतिक स्रोत सबैलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय तहमा मैले सक्दो योगदान दिनेछु । ब्यूटी क्राउन जित्नलाई मुख्यरुपमा आत्मविश्वास, आफू र आफ्नो क्षमताप्रति विश्वास गर्नूस भन्न चाहन्छु ।
मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनि गर्छ । यस वर्ष नयाँ मिस नेपाल आए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले नै सहभागिता जनाउने भएकी छन् ।
नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने भएको छ । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता दुबईमा हुने भनिए पनि अहिले अनिश्चितकालका लागि रोकिएको छ । यस वर्षदेखि हिडन ट्रेजरले मिस नेपाल नर्थ अमेरिका, अष्ट्रेलिया ओसियाना, हङकङ र युरोपसँग पनि सहकार्य गरेको छ ।
प्रतिक्रिया दिनुहोस्