Ad imageAd image

पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना पुष्टि

खबर खुराक
खबर खुराक १४ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

१४ जेठ,काठमाडौं । थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १०४५ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८५ र एन्टिजेनबाट ९६० नमुना परीक्षण गर्दा पीसीआरबाट २ र एन्टिजेनबाट १२ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्