Ad imageAd image

‘साहुकी छोरी’को म्युजिक भिडियो सार्वजनिक

खबर खुराक
खबर खुराक १४ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

१४ जेठ,काठमाडौं । गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ । विदेशमै रहेर पनि सङ्गीतमा निरन्तर सक्रिय रहनुभएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा सार्वजनिक गर्नुभएको हो ।

‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज छ ।

भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्