Ad imageAd image

कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने

खबर खुराक
खबर खुराक १५ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

१५ जेठ, काठमाडौँ । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए ।

यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्