Ad imageAd image

सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थामा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने

खबर खुराक
खबर खुराक १५ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थामा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै सरकारका नियममित संरचनाबाट सम्पादन हुने कामको लागि, परामर्श लिन, स्वीकृत दरबन्दी भन्दा धेरै सेवा करारको सिर्जना नगर्ने बताएका छन् ।

साथै उनले सरकारी निकायमा पुराना र प्रयोग विहीन सवारी तथा सामान ६ महिना भित्र लिलाम गर्ने बताएका छन् ।

समयमै सरकारी सवारी साधन लिलाम नहुँदा सिंहदरबारसहित अन्य सरकारी कार्यालयमा थोत्रा सवारी साधानको थुप्रो लाग्ने गरेका छन् । कतिपय चालु हालतै सवारी साधान पनि थन्केर कबाड बनेका छन् ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्