Ad imageAd image

अर्थमन्त्रीलाई साथमा राखेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराए तर कर्णालीको राम्रो सम्बोधन भएन , मुख्यमन्त्री शर्मा

खबर खुराक
खबर खुराक १५ जेष्ठ २०८०, सोमबार
0 Min Read
Aa

१५ ,जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको बताएका छन् । ‘बजेट सुन्दा अलिअलि कर्णालीको नाम पनि सुनियो, राम्रो सम्बोधन भएन’ मुख्यमन्त्री शर्माले  भने । यसपटक पनि बजेटले कर्णालीलाई नै उपेक्षा गरेको मुख्यमन्त्री शर्माले बताए ।

‘अर्थमन्त्रीलाई साथमा राखेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थिएँ । तर जति ध्यानाकर्षण गराएपनि कर्णालीलाई उपेक्षा गरियो’, शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्