Ad imageAd image

कर्मचारी सञ्चयकोष बचतकर्ताले पाउने उपचार खर्च अब पत्नी र पतीले

खबर खुराक
खबर खुराक १६ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

१६ जेठ,  ।

सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् ।

बजेट वक्तव्य पढ्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइनेछ ।’ बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए उनकी पत्नीले र पत्नी सञ्चयकर्ता भए उनका पतिले पनि स्वास्थ्य उपचारको सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्